कोका–कोलाले लकडाउन पछि व्यापार सुचारु गर्ने रिटेलर्सहरुलाई सघाउने


बन्दाबन्दी खुकुलो हुँदै जाँदा अवस्था सहज हुन थालेपछि नेपालमा कोका–कोलाले महामारीबाट पुन सुचारु हुने व्रmममा किराना र शप अनर्सहरुलाई सहयोग गर्ने योजना बनाएको छ । यसमा शप अनर्सहरुको लागि सुरक्षाको लागि पहलहरु पनि समावेश गरिएका छन् । खाद्य र पेय क्षेत्रहरुलाई आफ्नो पहिलेको स्तरमा फिर्ता ल्याउन, कोभिड पश्चात् रिकोभर हुन र फस्टाउन सहयोग गर्ने उघेश्य राखिएको कोकाकोलाले जनाएको छ ।

किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले व्हाट्सएप मार्फत दु्रत र सुविधाजनक अडरिंग सेवा सुरु गरेको छ । जसले स्वचालित विक्रेता वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउँनेछ । यसको साथै खुद्रा विव्रmेताहरुले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउने र भौतिक सम्पर्कको जोखिम नहुने विश्वास लिइएको छ । यो प्ल्याटफर्म अरु कम्युनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइने कोकले जनाएको छ ।

नेपालका कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले रिटेलर्सहरुलाई पुर्ववत अवस्थामा फर्काउनका लागि अन्य धेरै विकल्पहरुको अभ्यास गरिने बताए । हरेक चरणमा हाइजेनिकल्ली ह्याण्डल्रड रहेको सुनिश्चित गर्नको लागि थप सावधानी अपनाइएको उनको भनाई छ । कम्पनीले कोका–कोलाको कूलर र त्यसमा भएको उत्पादनहरु सफा राख्ने क्लिन अप कार्यव्रmमको आयोजना गर्ने छ ।

यो पहलले काठमाडौँका रिटेल र किराना स्टोरहरुलाई समेट्नेछ । कोका–कोलाले हाइजिन र पि.पि. ई किट वितरण गर्ने छ र १ हजारभन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापना गर्ने छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले इकोनोमिक रिकोभरीलाई आफुहरुले सहयोग गर्दै आएको बताए । खुद्रा बिक्रेताहरुलाई सामान्य नेभिगेट गर्न मद्धत गर्ने हाम्रो जिम्मेवारी अनुसार साना व्यवसाय र शप अनर्सहरुको साथमा रहदै आएको बताएका उनले नेपालको अर्थतन्त्रमा पनि टेवा प्रदान गरिरहेको बताएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।