वर्ल्ड रेमिटबाट खल्ती वालेटमा रेमिट्यान्स बुझ्दा २०० रुपैंया बोनस


अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।

उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले थप २ सय रुपैंया बोनस तुरुन्तै पाउने विज्ञप्तिमा उल्लेख छ ।

वर्ल्ड रेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ५० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ आफ्नो व्यक्तिगत विबरण भेरिफाई गराएको हुनुपर्नेछ ।

खल्तीमा पैसा पठाए पश्चात उक्त रकम र बोनस रकम स्वतः खल्तीमा लोड हुनेछ ।

खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख, सौरभ राज पाण्डेका अनुसार वर्ल्ड रेमिटसँगको सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाद रुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन, पाउन, र व्यवसायलाई झन्झटरहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्नेछ ।

वर्ल्ड रेमिटका दक्षिण एशियाका लागि कन्ट्री डाईरेक्टर रुजान अहमदले खल्ती सँगको सम्झौताले अब ग्राहकहरुलाई सहजै आफ्नो परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको बताउँदै खल्तीसँगको सहकार्यले आफुहरु उत्साहित रहेको बताए ।

वर्ल्ड रेमिटबाट खल्तीमा पैसा पठाउनको लागि वर्रल्ड रेमिटको एपमा सेन्ट मनी क्लिक गरी गन्तव्यमा नेपाल रोजेर रकम उल्लेख गरी मोबाइल मनी ट्रान्सफर भित्र खल्ती वालेट छनौट गर्नु पर्ने बताइएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।