रोयल इन्फिल्डको क्रुजर सिरिजका नयाँ मोटरसाइकल नेपाली बजारमा


रोयल इन्फिल्ड मोटरसाइकलको क्रुजर सिरिजको नयाँ मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारीक विक्रेता एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा.लि.ले क्रुजर सिरिजको मेटेअर ३५० सिसिको मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो । स्टेलर, सुपर नोभा र फायर बल गरी ३ भेरियन्टमा मोटरसाइकल नेपाली बजारमा ल्याएको विवेक अटोमोवाइल्सले जनाएको छ ।

जस्मा फायर बल र सुपर नोभा २ रङमा उपलब्ध हुनेछ भने स्टेलर ३ रङहरुमा उपलब्ध हुनेछ । नेपाली बजारमा भित्रिएका मेटेअर २५० सिसि मोडलका मोटरसाइकलमा जे सिरिजको एयर आयल कुल्ड, एसओएचई इञ्जिन रहेको छ । इञ्जिनलाई प्रभावकारी बनाउनका लागि इलेक्ट्रिोनिक फ्यूल इन्जेक्सन (इएफआई) प्रणाली राखिएको मोटरसाइकलमा ड्यअल च्यानल एबीएस पनि राखिएको छ ।

टर्न टू टर्न नेभिगेशनका लागि गूगलसँगको सहकार्यमा बनाइएको ट्रिपर पोड र मोबाइल फोन चार्ज गर्नका लागि यूएसबी चार्जिङ पोर्ट पनि मोटरसाइकलमा जडान गरिएको छ ।

विवेक अटोमोवाइल्सका १९ वटै शाखा तथा डिलरहरुबाट यो मोटरसाइकलको बिक्री प्रवद्र्धन सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ । फयर बलको मूल्य ६ लाख रुपैंया निर्धारण गरिएको छ भने स्टेलरको ६ लाख १७ हजार र सुपर नोभाको ६ लाख ४५ हजार पर्ने विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।