अर्बौं रुपैयाँको दायित्व आएपछि कोरोना बीमाको भुक्तानी अलपत्र पर्ने संकेत


कोरोना बीमाको भुक्तानी हुन नसकेको दाबी रकमका सम्बन्धमा सरकारले ठोस निर्णय नगर्ने संकेत गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानीको विषयमा छलफल भईरहेको तर कुनै निष्कर्षमा पुगि नसकेको बताएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री शर्माले विषय गम्भिर भएकाले अहिले नै भुक्तानीका विषयमा बोल्न नसक्ने बताए ।

११ अर्ब रुपैयाँको दायित्व रहेको बताएका मन्त्री शर्माले थप दाबी आउने क्रम चलिरहेकाले यो आकार अझै बढ्ने भएकाले ठुलो रकम तत्काल खर्च गर्न नसकिने संकेत गरेका हुन् ।

एक दुई अर्बको कुरा भए तत्काल भुक्तानी गर्ने अवस्था बन्न सक्ने भए पनि ११ अर्बभन्दा बढी रकम हुने भएकाले तत्काल कुनै निर्णयमा पुग्न नसकिने उनको भनाई थियो ।

कोरोना बीमा मापदण्ड, २०७७ ले गरेको व्यवस्थाअनुसार बीमक कम्पनी, पुनर्र्बमा कम्पनी, तथा बीमा समितिले भुक्तान गर्ने भनेको ३ अर्ब ५० करोड रुपैंयाको दायित्व भुक्तानी भइसकेको छ । तर सरकारतर्फको दायित्व भुक्तानी नहुँदा कोरोना बीमा गर्ने अधिकांशले दाबी वापतको भसक्तानी पाउन सकिरहेका छैनन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।