सानिमा बैंकको बडा दशैं विशेष योजनामा यस्ता सुविधा घोषणा

0
Shares

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक सानिमाले नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ ।

सानिमा बैंकले असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्नेछ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने जनाएको छ ।

यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख रूपैयाँसम्मको दुर्घटना बीमा, ३ लाख रूपैयाँ बराबरको घातक रोगको बीमा, ५० हजार रूपैयाँ बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार रूपैयाँ बराबरको वार्षिक बहिरंग उपचार खर्च र ५ हजार रूपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरुलाई प्रदान गरिने छ ।

सानिमा बैंकको वेबसाइटमा लगइन गरी अनलाईन खाता पनि खोल्न सकिन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटिएम संचालनमा रहेका छन् ।

बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलता रकम अभाव भएसँगै पछिल्ला दिनहरुमा बैंकहरुबीच निक्षेप तान्न आकर्षक ब्याजदर घोषणाको सिजन चल्न थालेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।