ललितपुरको सानेपा र हरिसिद्धिमा सानिमा बैंकको शाखा विस्तार

0
Shares

सानिमा बैंक लिमिटेड (SANIMA) ले असोज १५ गते शुक्रबार ललितपुरको सानेपा र हरिसिद्धिमा बैंकको शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

सानेपा कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा उक्त शाखा उद्घाटन गरेका थिए ।

वडा अध्यक्ष महर्जनले सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्न सुझाव दिए ।

यसैगरी हरिसिद्धि कार्यालयको समुद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका थिए ।
उद्घाटन् समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकले देशका सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा ए.टि.एम. सञ्चालन गरेर बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।