दशैंका लागि राष्ट्र बैंक बाहेक यी स्थानबाट साट्न सकिन्छ नयाँ नोट


नेपाल राष्ट्र बैंकले ३ वटा सरकारी बैंकका विभिन्न विभिन्न शाखाहरुबाट दशैंको नयाँ नोट साट्ने व्यवस्था गरेको छ । यस अघि नै असोज १० देखि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको केन्द्रीय बैंकले सरकारी बैंकका शाखाहरुबाट पनि नोट साट्न सकिने व्यवस्था मिलाएको हो ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै दसैं र तिहारका लागि असोज १० गतेदेखि उपत्यकाका २५ बढी शाखाहरुबाट नोट साट्ने व्यवस्था गरिएको जनाएको हो । यसका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले बताएको छ ।
नयाँ नोट बितरण हुने स्थानहरु :

बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नै नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । एक साता छिटो नयाँ नोट लिएपनि सर्वसाधारणका लागि बैंक तथा वित्तीय संस्थाले पनि असोज १० देखि नै नोट बाँड्नेछन्।

राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने योजना बनाएको छ । गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबर नोट बाँडेको थियो । यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गर्न लागेको हो ।