ग्लोबल आईएमईसँग मर्जरमा जान लागेको जनता बैंकले प्रस्ताव गर्यो १२ प्रतिशत लाभांस


जनता बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ६ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले लगानीकर्तालाई ६ प्रतिशत नै नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ । नगद लाभांस भित्रबाट नै बोनसमा लाग्ने कर मिलान गराउने र बाँकी लाभांस मात्र लगानीकर्तालाई दिने प्रस्ताव सञ्चालक समितिले गरेको हो । यस आधारमा बैंकले कुल १२ प्रतिशत लाभांस प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकको मर्जर नीतिलाई टेवा पुर्याउने भन्दै जनता बैंक र ग्लोबल आईएमई बैंक एक अर्कामा मर्जरमा जाने सहमति गरिसकेका छन् । अब जनता बैंकको लाभांस प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति दिए पछि आगामी साधारण सभाबाट अनुमोदन भए पछि मात्र लगानीकर्ताले लाभांस पाउने छन् ।

प्रस्तावित लाभांस बितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ४८ करोड रुपैंया नाघ्नेछ । अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ७ लाख रुपैंया छ । गत आर्थिक वर्षमा जनताले ८.५ प्रतिशत नगद लाभांस मात्र बितरण गरेको थियो ।