फोर्स गुर्खा 4*4*4 टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागिता


केही समय अगाडी मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरेको फोर्स गुर्खा 4*4*4 को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ ।

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा आफ्नै सोरुमवाट टेष्ट ड्राईभ क्याम्पियन सुरु गरेको पहिलो दिन २६ जनाले टेस्ट ड्राईभ गरी यसका विशेषताहरुको जानकारी लिएको कम्पनीले जनाएको छ ।

टेष्ट ड्राईभ क्याम्पियनमासहभागी ग्राहकले फोर्स गुर्खा 4*4*4 आकर्षक रहेको प्रतिकृया दिएका थिए । इच्छुक गा्रहकले फाल्गुन २० गते सम्म पोखरामा टेष्ट ड्रईभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउने विज्ञप्तिमा उल्लेख छ ।

पोखरामा रहेको टेष्ट ड्रईभ क्याम्पियन पश्चात काठमाण्डौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।