कुन कुन शिर्षकमा के कहाँ पुगेन हामी व्यवस्था गर्छौँ : वाणिज्य तथा आपूर्ती सचिव डा. अर्याल


उद्योगा वाणिज्य तथा आपूर्ती मन्त्रालयका वाणिज्य तथा आपूर्ती सचिव डा. बैकुण्ठ अर्यालले नेपालको कानूनभित्र सबै नागरिक हुने भएकाले व्यापारी व्यवासायी पनि त्यहिभित्र रहेर काम गर्नुपर्ने बताएका छन् । उनले कानूनमै रहेर काम गर्दा कर प्रणाली, उपभोक्त संरक्षण ऐन, कालो बजारी ऐन, सम्पत्ति शुद्धिकरण कहाँ के के बुँदाले अफ्टरो पार्यो सहजकताको लागि आफू तयार रहेको उल्लेख गरे ।

सचिव डा. अर्यालले ऐन कानुनमा भएका अफ्ट्यारो पार्ने बुँदाको बैकल्पिकमा के लेख्यो भने सरल हुन्छ, त्यस्ता बुँदा राखी सुझाब दिन चेम्बरलाई आग्रह गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले उच्च करका दरले उद्योग व्यवसाय फष्टाउन नसक्ने भन्दै उपभोक्ता मूल्य वढ्ने बताए । जसका कारण लागत बढ्दा समस्या हुने भन्दै लगानीको दायरालाइ फराकिलो पार्दै राजश्व वढाउनु पर्ने बताए । यसका लागि करको दरलाइ न्युन गर्दै लैजानु पर्नेमा चेम्बर अध्यक्ष श्रोष्ठले जोड दिएका थिए ।

अध्यक्ष श्रेष्ठले राजश्व चुहावट नियन्त्रण गर्न कठोर ऐन प्रस्ताबित भएकोले आर्थिक अपराधमा आर्थिक जरिवाना मात्र हुनुपर्नेमा भूलवश हुन गएको अपराधमा समेत कैद सजायको व्यवस्थाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण समाप्त गर्ने नै हो भन्ने निजी क्षेत्रको निक्र्यौल रहेकोतर्फ सचिवद्धयको ध्यानाकर्षण गराएका थिए ।

सो कार्यक्रममा चेम्बरका पदाधिकारी, चेम्बरका सदस्य, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, तैयारी पोशाक उद्योग, संघ, जिल्ला नगर चेम्बर अफ कमर्स, एक्सपोर्ट काउन्सिल अफ नेपाल, अटोमोबाइल्स एशोसिएसन, यातायात व्यवशायी, साना तथा घरेलु उद्योग महासंघ लगायत अन्य सम्बन्धित÷उद्यमी व्यवसायीहरुको सहभागिता थियो ।