मेगा बैंककी कामु सीईओ रविना देशराज राष्ट्रपतिबाट विभुषित

0
Shares

मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ राष्ट्रपतिबाट प्रबल जनसेवाश्री चुतर्थ पदले विभुषित भएकी छिन् । राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कामु सीइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री प्रदान गरेकी हुन् ।

मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।

मेगा बैंक सञ्चालक समितिको चैत ३० गते बुधबार सम्पन्न बैठकले श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको थियो । बैंककी सीईओ अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएपछि बैंकमा सीईओ पद रिक्त रहेको थियो । विसं २०७४ चैत ३० मा प्रमुख कार्यकारी नियुक्त भएकी खुञ्जेलीको कार्यकाल चैत २९ गते कार्यकाल सकिँदै थियो । त्यसको एक साताअघि नै उनले राजीनामा दिएकी थिइन् ।

कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत ४ अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेकी छिन् ।

नेपालको बैंकिङ क्षेत्रमा तीन दशक लामो समय सेवारत रहेकी उनी बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । श्रेष्ठले यसअघि स्टाण्डर्ड चार्टर्ड बैंक तथा नबिल बैंकमा समेत काम गरेकी थिइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।