‘इनबिल्ट जीपीएस’ सहितको ‘रियलमी डिजो वाच प्रो’ स्मार्टवाच नेपाली बजारमा


नेपालको प्रतिष्ठित औधोगिक तथा व्यावसायिक घराना मुरारका ग्रुप अन्तरगतको पशुपति ट्रेडलिंक प्रालिले ुडिजोु ब्राण्डको नयाँ स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि डिजो ब्राण्डको एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक कम्पनीले नेपाली बजारमा ‘रियलमी डिजो वाच प्रो’ स्मार्टवाच लन्च गरेको हो ।

रियलमी टेक लाइफ इकोसिस्टमको पहिलो ब्राण्ड रहेको डिजोले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर नयाँ स्मार्टवाच ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

डिजो वाच प्रोमा प्रिमियम मापदण्डसहितका फिचरहरु राखिएको छ । जसमा इनबिल्ट जीपीएस रहेको छ । जीपीएस प्लस ग्लोनास रहेको र विभिन्न सेन्सरहरुले हरेक फिटनेट कार्यको ट्र्याक स्याटेलाइटमार्फत गर्न सक्दछ । मर्निङ्ग वाक गर्दा हिँडेको बाटो, गतिबिधि, स्पीड, एक्सरसाइज लगायतका डाटाहरु स्याटेलाइटको माध्यमबाट ट्र्याक गर्न सक्दछ।

स्मार्टवाचमा ९० ओटा फरक फरक स्पोर्टस मोड राखिएको छ जसले विभिन्न स्पोर्टस कार्य गर्दा त्यसैअनुसार डाटा लिन सकिन्छ।

डिजो वाच प्रोले ब्लडअक्सिजनको सहि लेभल मापन गर्दछ भने हर्टरेट समेत मनिटर गर्दछ ।

एक पटक चार्ज गर्दा १४ दिनसम्म चलाउन सकिने डिजो वाच प्रो मा आफूलाई मनपर्ने १०० भन्दा धेरै कस्टम वाचफेस र वालपेपरहरु छनोट गर्न सकिनेछ ।

आईपी ६८ वाटर रेसिस्टेन्ट प्रमाणित रहेको यो स्मार्टवाचमा पानी पर्दा पानी नपस्ने बताइएको छ ।

रियलमी डिजो वाच प्रो स्मार्टवाचमा १।७५ इन्चको ३२०ह३८५ पिक्सेलको टिएफटी एलसिडी डिस्प्ले रहेको छ भने ३९० एमएएचको ठूलो ब्याट्री प्याक राखिएको छ।

यो स्मार्टवाच नेपालका अनलाइन तथा अफलाइन बजारहरुमा देशभर उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ । कम्पनीले यसको बजार मूल्य ७ हजार ९९० रुपैयाँ तोकेको छ । ब्ल्याक र स्पेस ब्लू कलर अप्सनमा उपलब्ध रहेको डिजो वाच प्रोमा १ वर्षको वारेन्टी छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।