प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको नेप्सेमा सेयर कारोबार रोक्का

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । मर्जर प्रयोजनका कारण यी कम्पनीहरुको धितोपत्रको दोस्रो बजारमा कारोबार रोकिएको हो ।

तीन जीबन बीमा कम्पनीहरुबीच एक आपसमा गाभ्न।गाभिने सम्झौता भए पश्चात नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबारदेखि सेयर कारोबार रोक्का भएको हो ।

बीमा समितिले पूँजी वृद्धि योजना ल्याएपछि बैशाख २९ गते बिहीबार तीन बीमा कम्पनीहरुबीच मर्जर सम्झौता भएको थियो । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन जारी गरेको छ ।

बीमा समितिले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गर्न निर्देशन दिएपछि तीन जीवन बीमा कम्पनीहरुबीच मर्जर सम्झौता भएको हो ।

पूँजीका आधारमा एक आपसमा आगामी दिनमा सहमति गरेर के कति पूँजी हुने र कसरी अघि बढ्ने निर्क्यौल गर्ने गरेर मर्जर सहमति गरिएको मर्जरमा संलग्न एक प्रतिनिधिले नोटबजारलाई बताए । “बैंकहरुको जसरी नाम, पद लगायत विषयलाई केन्द्रमा राखेर मर्ज गछैन्, यो सहमति त्यसरी भएको होइन । हामीले ‘क्यापिटल बेस’मा आगामी दिनमा उचित निर्णय गर्ने गरि मर्जर सम्झौता गरेका हौं,” उनले भने । उनका अनुसार डिडिएमा आउने तथ्यका आधारमा स्वाप अनुपात निर्धारण हुनेछ भने कुनै पनि संस्थाले डिडिए प्रतिवेदनमा फरकमत राख्ने छैन भन्ने सहमति भएको छ ।

उनका अनुसार मर्जर पछि बन्ने बीमा कम्पनी नयाँ नामबाट सञ्चालन हुनेछ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा अब्बल कम्पनीका अरुपमा अघि बढ्ने गरी ३ बीमा कम्पनीका बिचमा मर्जर सम्झौता भएको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।