बिल बिजक भन्दा बढी विद्युतीय सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा


बिल विजक भन्दा बढी ईलेक्ट्रोनिक तथा खुद्रा मालवस्तुहरू बोकेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिभिन्न किसिमका ईलेक्ट्रोनिक तथा खुद्रा मालवस्तु बोकेको सूचनाका आधारमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १६ माईदिया पोखरी अगाडी बाईपास सडकखण्डमा बाग्मति प्रदेश ०१-००३ क ९३०४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।

सूचना अनुरूप नै विल बिजक भन्दा बढी तथा संकास्पद सामान बोकेको भेटिए पछि उक्त ट्रक नियन्त्रणमा लिई सामानको मुल्यांकन ४० लाख रुपैंया कायम गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।