सार्वजनिक विदाको दिन आइतबार राहदानी विभाग खुल्ने


सरकारले जेठ १ गतेदेखि आइतबार समेत सार्वजनिक विदा दिने निर्णय गरेको अवस्थामा राहदानी विभागले भने आइतबार पनि सेवा दिने भएको छ ।

विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम रहेको भन्दै विभागले आइतबार पनि विभाग खुल्ला राख्ने जनाएको हो ।

राहदानी लिनेको चाप बढिरहेको अवस्थालाई ध्यानमा राख्दै सेवाग्राहीको सहजताका लागि जेठ १५ गते आइतबारदेखि प्रत्येक आइतबार बिहान १० बजेदेखि ४ बजेसम्म विभाग खुल्ला रहने विभगले जनाएको छ ।

विभागले उक्त दिनमा पनि राहदानीका लागि आवेदन दिन सक्ने भन्दै बुकिङ भएको मितिमा सेवा प्रवाह हुने जनाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।