एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा रकम भुक्तानी


एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत खाता खालेका एक व्यक्तिको परिवारलाई घातक रोगको बीमा वापत १० लाख भुक्तान गरेको छ ।

बैंकले कपिलवस्तु स्थित तौलिहवा शाखामा ‘डायमण्ड श्रेणी’ को खातावाहकका परिवारजन गुजराती राइदासलाई घातक रोगको बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको हो ।

खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा वापतको रकम परिवारलाई भुक्तानी गरिएको बैंकले जनाएको छ ।

लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । हालसम्म यस्तो रकम ९२८ जनालाई उपलब्ध गराइएको बैंकले जनाएको छ ।

उनीहरुलाई घातक रोग बीमा वापत १ करोड ८० लाख, दुर्घटना बीमा वापत ३ करोड र मेडिकल बीमा वापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख रुपैंया भुक्तान गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।