त्रिशुली कोलोनीमा ज्योति विकास बैंकको विस्तारित काउन्टर


ज्योति विकास बैंकले नुवाकोटस्थित त्रिशुली शाखा अन्तर्गतको त्रिशुली कोलोनीमा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको बैंकले जनाएको छ ।

विदुर नगरपालिका वडा नम्बर ९, नुवाकोटस्थित त्रिशुली कोलोनी विस्तारित काउन्टरको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका छन् ।

विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशुली कोलोनी विस्तारित काउन्टरका ग्राहकहरुलाई शुन्य मौज्दातमा क्यू आर कोड, निस्शुल्क डलर कार्ड, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०।२५ प्रतिशत छुट दिने जनाएको छ ।
ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।