विद्युतीय सवारी साधनलाई राज्यले प्रोत्साहन होइन निरुत्साहित गर्‍याे : नाडा


अटो व्यापारीहरुको छाता संस्था नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले विद्युतिय सवारी साधनको भन्सार तथा अन्तशुल्क बढाएर सरकारले निरुत्साहित गरेको आरोप लगाएको छ । देशमा उत्पादित जलविद्युतको बजारीकरणका साथै इन्धन आयातमा विद्युतीय सवारी साधनको भुमिका महत्वपुर्ण हुने भए पनि सरकारले यसलाई निरुत्साहित गरेको नाडाको भनाई छ ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी नाडाले अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा नेपालमा उत्पादित विद्यतलाई पेट्रोलियम पदार्थको विकल्पको रुपमा प्रयोग गरी छिमेकी मलकसँगको व्यापार घाटालाई कम गर्ने लक्ष्य लिए पनि व्यवहारिक रुपमा त्यस्तो नदेखिएको जनाएको छ ।

नेपालमा उत्पादित जलविद्यतलाई विद्यतिय सवारी साधनहरु लगायतका विभिन्न वस्तुहरुमा प्रयोग गरी विदेशी मुद्राको बचत गर्ने माध्यमको रुपमा लिएको बजेटले १०० किलोवाटभन्दा बढी क्षमताका विद्युतिय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महशलमा अत्यधिक वृद्धि गर्दा मत नमिलेको नाडाको बुझाई छ ।

यसले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहनको सट्टा निरुत्साहित गरिएको भन्दै नाडाले नेपालको भौगलिक अवस्था अनुसार २०० किलोवाट क्षमताका विद्युतिय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार तथा अन्तःशुल्क महशुल कायम गर्न सरकारसँग आग्रह गरेको छ ।

केही समय अघि सरकारले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन नीजि प्रयोजनका सवारी साधनहरुको आयातलाई असार मसान्तसम्म रोक लगाए पनि त्यसको प्रभावकारिता नदेखिएको नाडाले बताएको छ । निजी प्रयोजनका सवारी साधनहरुको आयातले विदेशी मद्रा सञ्चिति र शोधनान्तर स्थितिमा असर नपारेको भन्दै नाडाले आयात प्रतिवन्धको सहज समाधानका लागि समेत सरकारसँग आग्रह गरेको छ ।

२०० सिसिभन्दा माथिका मोटरसाइकलको अन्तशुल्क तथा भन्सार धेरै बढाउँदा व्यवसायीहरु समस्यामा परेको भन्दै नाडाले आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आन नदिनका लागि पनि सरकारसँग आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।