शुक्रबार सुनको मूल्य तोलामा २०० रुपयाँले घट्यो


शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा शुक्रबार प्रतितोला सुनको मूल्य २०० रुपयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ तथा तेजावी सुनको मूल्य ९७ हजार २०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको १ हजार २६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

नेपाली बजारमा बिहिबार छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार ५०० रुपैयाँमा थियो भने प्रतितोला चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

उता अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १ हजार ८४५ डर र प्रतिऔंस चाँदीको मूल्य २२.६९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।