स्वदेशी उद्योग बचाउने किसिमले बजेट संशोधन नभए आन्दोलन गर्ने उद्योगीको चेतावनी


आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी उद्योगलाई असर पर्ने गरी गरिएका व्यवस्थामा संसोधन नभएको खण्डमा आन्दालोन गर्ने चेतावनी उद्योगी व्यवसायीले दिएका छन् ।

सरकारले स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउन माग गर्दै त्यसो नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारी अधिकारी र उद्योगी किरण साखःले आफूहरुको माग पूरा नभए कडाभन्दा कडा आन्दोलनमाा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन् ।

सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा कच्चा पदार्थ आयातमा उच्च भन्सार महसुल तोकेको भन्दै स्वदेशी उत्पादकहरु मारमा परेको र उद्योग नै बन्द हुने अवस्था सिर्जना भएको उनीहरुको गुनासो छ ।

बजेट वक्तव्यमा स्यानिटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ । नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले ६ हजारले रोजगार पाएको स्यानिटरी प्याड उद्योग बजेटमार्फत लिइएको गलत नीतिका कारण धरापमा परेको आरोप लगाए । नेपालको उद्योगलाई धराशयी बनाउँदै सरकारले विदेशी प्याडलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

नेपाली उद्योगलाई पुर्ण रुपमा धराशयी बनाउने नीति सरकारले लिएको भन्दै देश स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर हुँदा पनि विदेशी सामाग्री भित्र्याएर नेपाली उद्योग चल्न नसक्ने अवस्थामा पुर्याएको उनको आरोप छ । आफुहरुले उठाएको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने अधिकारीको भनाई छ । उनले भने, “आफैं सेनेटरी प्याडको २५ प्रतिशत शेयर होल्डर भएको नेपाल सरकारले नेपाली उद्योगलाई धराशयी बनाउने र सिध्याउने नीति लिएको छ ।”

उपभोक्तालाई सस्तो पर्ने देखाएर सरकारले विदेशी सामानमा १ प्रतिशत मात्र अन्त शुल्क लिएको भन्दै उनले तत्काल निर्णय सच्चाउनुपर्ने सुझाव दिए । स्यानिटरी प्याड उत्पादनमा पुर्ण रुपमा नेपाल आत्मनिर्भर भएको उनको दाबी छ ।

गत ०७७/७८ मा नेपाल आँफैले ३ अर्बको स्यानिटरी प्याड उत्पादन गरेको सुनाए । यदि माग सुनुवाई नभए केही दिनभित्रै ६ हजार मजदुर र सबै उद्योगीहरुले संसद् भवन र सिंहदरबार घेर्र्ने चेतावनी दिए ।

अध्यक्ष अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, शीर्ष नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहालसँग यो विषयमा कुरा भएको र उनीहरुले धैर्य गर्न आश्वासन दिएकोले आफुहरु रोकिएको बताए ।

सरकारको विभेदकारी नीतिले ८०% डन्डी उद्योगहरु मर्कामा, एकपक्षिय व्यवस्थाले औद्योगीकरणमा उल्टो असर …

साखः स्टीलका सञ्चालक किरण शाखः ले बिलेट आयातमा नियोजित ढंगले सम्बोधन गरिएको भन्दै सच्याउन पहलकदमी नलिए आन्दोलनमा उत्रिने चेतावनी दिए । अन्तर्राष्ट्रिय अभ्यास अनुसार तयारी मालमा अन्तशुल्क बढाउनुपर्ने आफूहरुको माग भएको भन्दै उनले भने, “तर सरकारले त्यो मान्न तयार भएन ।” भारतबाट ल्याइएका अन्य कम्पनीसँग सामान खरिद गर्दा निकै महंगो पर्ने र त्यसको असर उपभोक्तालाई नै बढी पर्ने उनले बताए ।

सरकारले उद्योगीहरुको माग सम्बोधन गर्ने विश्वास मरेर गएको भन्दै कसैलाई काखा र कसैलाई पाखा लगाउने गलत नीति तत्काल सच्याउनुपर्ने बताए ।

धेरै कमाएका उद्योगलाई थोरै भन्सार र अन्त शुल्क निःशुल्क गरेर देश नचल्ने भन्दै साखःले माग सम्बोधन नभए पूराना पीडित उद्योगीहरु र अहिलेको नयाँ बजेटबाट पीडित बनेका नयाँ उद्योगीहरु मिलेर संयुक्त रुपमा आन्दोलनमा जाने चेतावनी दिए ।

अर्थमन्त्रीले ६ स्टील उद्योगलाई काखी च्याप्दा २ दर्जन धरापमाः किरण साखः …

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।