डिजिटल बैंक स्थापना गर्न कानुनी प्रावधान संशोधन गरिने


नेपाल राष्ट्र बैंकले डिजिटल बैंक स्थापना गर्नका लागि कानुनी व्यवस्था गर्दै संस्थागत संरचना तयार गर्ने भएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले सरकारको बजेटमा भएको व्यवस्था अनुरुप यस्तो व्यवस्था गर्न लागेको हो ।

“आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यबमोजिम पूर्ण डिजिटल बैंकको स्थापना गर्न नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को संशोधन तथा आवश्यक अन्य विशेष ऐन एवम् संस्थागत संरचना तयार गर्ने सम्बन्धमा आवश्यक कार्य गरिनेछ,” मौद्रिक नीतिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।