चीनमा निर्मित सी ९१९ जेट सर्टिफिकेशन लिने प्रक्रियामा जाँदै


चीनमा निर्माण गरिएको सी ९१९ न्यारो–बडी जेटले सर्टिफिकेसनको लागि आवश्यक पर्ने सबै फ्लाइट टेस्टहरु पास गरेको छ ।

फ्लाइट टेस्ट पास गरिसकेपछि उक्त जेट सर्टिफिकेशन प्रक्रियाको लागि अघि बढेको हो ।

कर्मसियल एयरक्राफ्ट कोर्पोरेशन अफ चाइना कम्पनीले निर्माण गरेका उक्त न्यारो–बडी जहाजले आफ्नो सामाजिक सञ्जालमा ६ वटा न्यारोबडी जेटहरुले फ्लाइट टेस्ट पास गरेको र चीनको नागरिक उड्ययन प्राधिकरणबाट सर्टिफिकेशन लिने प्रक्रियामा अघि बढेको जनाएको छ ।

विश्वव्यापी रुपमा बोइङ ७३७ म्याक्स र एयरबस ३२० नीयोका न्यारो तथा वाइड बडी प्रयोगमा आइरहेको समयमा सी ९१९ले बोइङ तथा एयरबससँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।

चीनमा एसेम्बल गरिएता पनि जेटमा प्रयोग भएका इन्जीन, एभोनिक्स पश्चिमा देशहरुबाट आयात गरिएका छन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।