मेरो जबले आईपिओ निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटलसँग ‘आईडिया टू आईपीओ’ सम्झौता


एन आई सी एशिया क्यापिटलले ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत मेरो जब लिमिटेडलाई सेवा दिन सुरु गरेको छ । कुनै पनि क्षेत्रका कम्पनीहरुलाई स्थापनकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको क्यापिटलमा मेरो जब पनि आबद्ध भएको हो ।

मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित आईपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासनका गर्न दुई संस्थाका बिचमा सम्झौता भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरिएको क्यापिटलले जनाएको छ ।

मेरो जब कम्पनीको प्रकृतिका आधारमा नेपालमा साधारण सेयर निष्काशन गर्ने पहिलो कम्पनी हुनेछ ।

शिक्षित तथा अनुभवी व्यक्तिहरु जो आफ्नो योग्यता तथा क्षमता अनुसारको काम खोजिरहेको हुन्छन, त्यस्तै विभिन्न रोजगारदाताहरु जसलाई उपयुक्त कर्मचारीहरु चाहिएको हुन्छ, यी दुबै बिचको पुलको रुपमा काम गर्ने उद्देश्यका साथ २००९ मा मेरो जब डट कम प्रा.लि. स्थापना भएको थियो । अहिले कम्पनी पब्लिकमा रुपान्तरण भईसकेको छ ।

मेरो जब लिमिटेडले मेरो जब डटकम नामक जब पोर्टल मार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई जोड्ने सेवा प्रदान गरिरहेको छ । हाल मेरो जब लिमिटेडको जब पोर्टलमा करिब १० लाख रोजगारी खोजिरहेका व्यक्तिहरु दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताहरुले मानव संसाधन व्यवस्थापन सेवाहरु लिदैं आईरहेका छन् ।

यसका साथै मेरो जब लिमिटेडले वर्षेनि १ हजारभन्दा बढी क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगत विभिन्न शिर्षकमा तालिमहरु प्रदान गर्दै आइरहेकोछ । मेरो जब लिमिटेडले आगामी दिनहरुमा आफ्नो मानव संसाधन व्यवस्थापन सम्बन्धि अन्य सेवाहरु प्रविधिको प्रयोग गरी काम खोज्ने व्यक्तिहरु तथा रोजगारदाताले कम्पनीको आवश्यकता अनुरुपको कर्मचारी प्राप्त गर्न पुलको भुमिका निर्भाह गरी मानव संसाधन व्यवस्थापनमा नेपालकै पहिलो रोजाईको कम्पनीका रुपमा स्थापित गर्ने लक्ष लिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।