नेपाल इन्भेष्टमेण्ट बैंकको खुद नाफा ४ अर्ब माथि, लाभांस क्षमता २ अर्ब


नेपाल इन्भेष्टमेण्ट बैंकले आर्चिक वर्ष २०७८।७९ मा ४ अर्ब ८ करोड ६३ लाख रुपैंया खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७७।७८ मा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई १२.६१ प्रतिशत बोनस बितरण गरी चुक्ता पुँजी बढाएको बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा १४.८४ प्रतिशतले बढाएको हो ।

पुँजीवृद्धि भन्दा नाफाको वृद्धि केही धेरै भएका कारण बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । अघिल्लो आर्थिक वर्षमा २२ रुपैंया रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यमा २२ रुपैंया ३२ पैसा कायम भएको छ ।

गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ९४ करोड ९० लाख रुपैंया खुख व्याज आम्दानी गरेको छ भने अन्य शुल्क तथा कमिशन समेतको खुद व्याज आम्दानी ७ अर्ब २१ करोड ९२ लाख रुपैंया छ । व्यारबाट हुने आम्दानी तथा अन्य सञ्चालन आम्दानी समेत गरी ८ अर्ब २५ करोड ५ लाख रुपैंया आम्दानी गरेको बैंकले इम्पेरिमेण्ट चार्ज १ अर्ब ६२ करोड ७ लाख रुपैंयाले धनात्मक छ । जसका कारण बैंकको सञ्चालन मुनाफा ९ अर्ब ८७ करोड १२ लाख रुपैंया पुगेको छ ।

३ अर्ब १४ करोड ३६ लाख रुपैंया सञ्चालन खर्च गरेको बैंकले व्यक्तिगत खर्चमा १ अर्ब ९३ करोड ४४ लाख खर्चेको छ । अन्य सञ्चालन खर्च र डिप्रिसिएसन समायोजन पश्चात ६ अर्ब ७२ करोड ७६ लाख रुपैंया सञ्चालन मुनाफा आर्जन गरेको बैंकले ९० करोड ४१ लाख रुपैंया गैरसञ्चलन खर्च गरेको छ ।

१ अर्ब ७४ करोड रुपैंया कर शीर्षकमा छुट्याएसँगै बैंकको खुद नाफा ४ अर्ब ८ करोड ६३ लाख रुपैंया कायम भएको हो ।

उक्त खुद नाफाबाट विभिन्न किसिमका जगेडा कोषहरुमा राख्नु पर्ने रकम छुट्याउँदा गत आर्थिक वर्षको बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३ करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।

गत आर्थिक वर्षमा ११.८७ गूणा बढी रहेको बैंकको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा तथा निष्कृय कर्जा अनुपात १.४७ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।