रिलायबल नेपाल लाइफको कुल बीमाशुल्क ३२ % ले बढ्यो, सबै सूचकमा वृद्धि


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।०७९ मा ३ अर्ब ९७ करोड ४४ लाख रुपैंया कुल बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७।०७८ मा ३ अर्ब १ करोड ४७ लाख रुपैंया कुल बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले यस्तो आम्दानी ३१.८३ प्रतिशतले वृद्धि भएको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३ अर्ब ७७ करोड १ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले २ अर्ब ९५ करोड ८९ लाख रुपैंया खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन रकम २७.४२ प्रतिशतले वृद्धि भएको हो ।

समीक्षा अवधिमा ६७ करोड ९७ लाख रुपैंयाको दाबी भुक्तानी बढाएर ७१ करोड ७७ लाख रुपैंया पुर्याएको इन्स्योरेन्सको अभिकर्ता कमिशन खर्च ४२ करोड ७६ लाख रुपैंयाबाट बढेर ५७ करोड ६९ लाख रुपैंया पुगेको छ ।

५ करोड १८ लाख रुपैंयाको व्यवस्थापन खर्च बढेर ६ करोड ४५ लाख रुपैंया पुगेको इन्स्योरेन्सले सम्भावित नोक्सानीका लागि ४ करोड २६ लाख रुपैंया व्यवस्था गरेको छ । २ करोड २५ लाख रुपैंयाको कर्मचारी बोनस वापतरको रकम बढेर २ करोड ७४ लाख रुपैंया पुगेको कम्पनीले गत आर्थिक वर्षमा २७ करोड ४८ लाख रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमो कम्पनीले २२ करोड ५९ लाख रुपैंया खुद नाफा गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा २१.६५ प्रतिशतले बढेको हो ।

बीमाङ्कीय मूल्याङकन गर्नु पहिलेको खुद नाफा रकम भएकाले मूल्याङ्कन पुरा हुँदा खुद नाफामा संशोधन हुन सक्छ ।

बीमा शुल्क, खुद नाफासँगै दाबी भुक्तानी पनि बढाइरहेको इन्स्योरेन्सले गत आर्थिक वर्षमा दाबी भुक्तानी गर्न बाँकी नरहेको वित्तीय विबरणमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षसम्ममा ८ हजार ६४ वटा दाबी वापत ७५ करोड ५ लाख रुपैंया भुक्तानी गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मा आउँदा १० हजार ३८ वटा दाबी वापत १ अर्ब १७ करोड ४६ लाख रुपैंया भुक्तानी गरेको छ । पछिल्ला दुई आर्थिक वर्षमा इन्स्योरेन्सले सबै दाबी भुक्तानी गरेको हो ।

१ अर्ब ४० करोड रुपैंया चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ९ करोढ ९ लाख रुपैंया सञ्चित छ भने जीवन बीमा कोषमा ४ अर्ब ६० करोड ४९ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा १६ रुपैंया १४ पैसाको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६३ पैसा कायम गरेको इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य ६१३ रुपैंया १२ पैसा छ ।

इन्स्योरेन्सले सर्वसाधारणमा सेयर जारी गरेको छैन । यस अघि जीवन बीमा कम्पनीले २ अर्ब चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्थामा संसोधन भई न्युनतम ५ अर्ब चुक्ता पुँजी कायम गर्नु पर्ने व्यवस्था छ । यो अवस्थामा कम्पनीले साधारण सेयर निष्काशन गरेर मर्जर वा मर्जरमा गएर थप नयाँ सेयर (एफपीओ) निष्काशन गर्दा अपुग भएको खण्डमा बोनस बितरण गरेर ५ अर्ब चुक्ता पुँजी कायम गर्नु पर्ने हुन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।