लगानीकर्ता बीमा कम्पनीतिर ‘डाइभर्ट’, बैंकमा आकर्षक सुधारसँगै साढे ४ अर्ब बढीको सेयर किनबेच


धेरै गिरावट झेलेको बीमा कम्पनीको सेयरमा लगानीकर्ताहरु ‘डाइभर्ट’ भएका छन् ।

लगानीकर्ताहरु बीमा कम्पनीको सेयर खरिदमा लाग्दा अधिकांश कम्पनीको सेयर मूल्य फराकिलो अन्तरले बढेको छ ।

७ वटा बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसका साथै वाणिज्य बैंकहरुको सेयरमा अधिक चाप परेसँगै बजारमा उछाल देखिएको छ ।

आइतबार बजार खुलेदेखि नै बजार परिसुचक उकालो लागेको थियो । सबैजसो बीमा कम्पनीको सेयर मूल्य सुरुवातमै बढ्न थाल्दा केही समयमा सकरात्मक सर्किट ब्रैक लागेको थियो । जीवन र निर्जीवन बीमा कम्पनीका उपसमुहमा आएको उछालका बिच अरु समुहमा पनि राम्रो वृद्धि देखिएको छ । योसँगै बजार परिसुचक नेप्से ५४.५८ अंकले उकालो लागेको छ । आइतबारको वृद्धिसँगै नेप्से परिसुचक २१९५.१० अंकमा उक्लिएको छ ।

आइतबार २२० कम्पनीका १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर ६७ हजार ७४० पटक किनबेच हुँदा ४ अर्ब ६० करोड ९७ दाख ९१ हजार रुपैंयाको कारोबार भएको छ । बजार बढेसँगै पछिल्ला दिनमा कारोबार रकममा पनि सुधार देखिन थालेको हो ।

जीवन बीमा समुहमा सबैभन्दा धेरै ४१२.८९ अंकको सुधार आएको बजारमा निर्जीवन बीमामा ३७४.०८ अंकले बढेको छ । बजारमा सबैभन्दा धेरै हिस्सा ओगटेको वाणिज्य बैंक समुहमा ४०.६२ अंकको सुधार आएको छ । वाणिज्य बैंक समुह र बीमाका कारण आइतबार बजार तिब्र गतिमा उकालो लागेको हो । सबै समुह उकालो लाग्दै गर्दा वित्त समुहमा भने ३१.९३ अंकले गिरावट आएको छ ।

पछिल्लो समय बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्न बीमा समितिले मर्जरमा जान दवाब दिइरहेको छ । धेरै कम्पनीहरु मर्जरमा गइसकेको अवस्थामा सेयर कारोबार रोक्का हुने अवधि व्यवस्थापनले लगानीकर्ताहरु उत्साहित बनेको आँकलन बजारले गरेको छ । धेरै तल्लो विन्दुमा ओर्लिएको बीमा कम्पनीहरुको सेयर मूल्य मर्जर पछि बन्ने कम्पनीको सबल अवस्थाको आशमा उकालो लागेको हो । मर्जरमा कारोबार धेरै समय नरोकिने व्यवस्था हुन लागेकाले बीमा कम्पनीको सेयर मूल्य बढाउन भूमिका खेलेको हो ।

आईएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतका निर्जीवन बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा नेशनल हाइड्रोपावर, मल्टीपर्पोज फाइनान्स, सिन्धु विकास बैंकका साथै रिलायन्स फाइनान्स, आशा लघुवित्त, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स लगायत कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।

समुहगत आधारमा भएको कारोबार रकमको विबरण यस्तो छ ।

बजार तिब्र गतिमा उकालो लागेसँगै समग्र बजार पुँजीकरण ३१ खर्ब ३४ अर्ब ४७ करोड ८ लाख रुपैयाँ काय भएको छ । जसमा कारोबारमा आउने किसिमका सेयरको मात्र बजार पुँजीकरण ११ खर्ब २३ अर्ब २२ करोड ७ लाख रुपैंया छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।