राष्ट्रिय बीमा कम्पनीले अध्यक्ष नियुक्त भएको महिना दिनसम्म दिएन सार्वजनिक जानकारी


एउटा जानकारी सार्वजनिक गर्न राष्ट्रिय बीमा कम्पनीले महिना दिनभन्दा बढी समय लगाएको छ । सार्वजनिक महत्वको विषय राख्ने कम्पनी सञ्चालक समितिका अध्यक्षका सम्बन्धमा कम्पनीले महिना दिनभन्दा ढिला गरी सार्वजनिक सूचना प्रवाह गरेको हो ।

गत जेठ ३१ गतेको मन्त्री परिषद बैठकले कम्पनीको अध्यक्षमा राजेश्वर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । से पश्चात असार ६ गते नै ज्ञवालीले बीमा समितिका अध्यक्ष सूर्य
प्रसाद सिलवालसँग पद तथा गोपनीयताको सपथ खाएका थिए ।

बीमा कम्पनीले असार ६ गतेको उक्त जानकारी साउन २४ गते सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचना साउन ४ गते तयार भएको हो । सूचना तयार भएको
२० दिन पछि कम्पनीले नेपाल स्टक एक्स्चेञ्जको वेबसाइटबाट सार्वजनिक गरेको हो ।

कम्पनीको अध्यक्ष बनेका ज्ञवाली अर्थ मन्त्रालयका सहसचिव हुन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।