नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

0
Shares

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । “रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ ४ दिने वार्षिक सम्मेलन लुम्बिनी स्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व हामी माथि आएकोले आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पु¥याउन हामी सबैले अधिकतम प्रयास गर्नु पर्ने सुझाव दिएका थिए ।

कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले के एफ ए बिजनेश स्कूलका फाउण्डर तथा एक्जुकेटिभ चेयरमेन श्री रेष्टा झा, सोही संस्थाका सिइओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागि कर्मचारीहरुलाई सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखाकार्यालय लगाएत वार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई सीईओ खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ साउन २०७९, बुधबार  १७ : २५ बजे