सूर्या लाइफको व्यवसाय बढ्दा नाफामा संकुचन


सूर्या लाइफ इन्स्योरेन्सले व्यवसाय बढ्दा खुद नाफा घटेको वित्तीय विबरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४ अर्ब १४ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आय १८.६९ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ५३ लाख, बीमालेख धितोमा कर्जाबाट १४ करोड ७७ लाख, अन्य प्रयक्ष आम्दानीबाट ३ करोड ६८ लाख रुपैयाँ रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ अर्ब १३ करोड ८२ लाख रुपैंया खुद बीमादाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ८६ करोड ८७ लाख रुपैंया बराबरको खुद बीमा दाबी भुक्तानी गरेको थियो र समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा दाबी रकम ३१.२८ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा अभिकर्ता कमिशन वापतको खर्च ४८ करोड ३५ लाख रुपैंयाबाट बढेर ६१ करोड ७५ लाख पुगेको इन्स्योरेन्सको अरु खर्चका शीर्षकमा पनि वृद्धि भएको छ ।

व्यवस्थापन तथा सेयर सम्बन्धि खर्चको रकम पनि बढेको कम्पनीले नोक्सानीका लागि व्यवस्था शीर्षकको रकमलाई १ करोड २७ लाख रुपैयाँबाट बढाएर १३ करोड ४५ लाख पुर्याएको छ । जसका कारण इन्स्योरेन्सको खुद नाफामा संकुचन देखिएको छ ।

नोक्सानीका लागि व्यवस्था गर्ने रकममा भारी वृद्धि गरेका कारण इन्स्योरेन्सको खुद नाफा ३३.७५ अंकले घटेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा २० करोड ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ करोड ४५ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६६ करोड ५६ लाख रुपैयाँ, बीमा कोषमा १४ अर्ब ९४ लाख रुपैयाँ र महावित्ती कोषमा १६ करोड ७ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी ५ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात ७३.३६ गुणाले बढी छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।