बीमा विधेयक प्रतिनिधि सभाबाट पारित


संसदमा दर्ता भएको ४ वर्ष पछि बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ु पारित भएको छ । आइतबार प्रतिनिधिसभा बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

अर्थ समिति, राष्ट्रियसभा र प्रतिनिधिसभामा दफावार छलफलपछि विधेयक पारित गरिएको हो । विधेयक २०७५ असार २७ मा संघीय संसदमा दर्ता भएको थियो ।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक अब राष्ट्रि सभाबाट पारित भए पछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष लगिनेछ ।

गत असार ३ गते संसदको अर्थ समितिबाट पारित भएको विधेयक आइतबार प्रतिनिधि सभाबाट पारित भएको हो । विधेयक पारित भएपछि हालको बीमा समिति अधिकार सम्पन्न प्राधिकरणमा रुपान्तरण हुनेछ ।

तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा विधेयकमा बीमा प्राधिकरणको सञ्चालक समिति तथा अध्यक्ष नै परिवर्तन हुने व्यवस्था थप गरेपछि विद्येयकमा विवाद उत्पन्न भएको थियो । धेरै विषयहरुमा विवाद उठेपछि संसदले विधेयकलाई पुनः छलफलका लागि अर्थसमितिमा नै फिर्ता पठाएको थियो ।

उक्त बीमा बिधेयक पारित भएपछि हालको बीमा समिति ऐन अनुसार बीमा प्राधिकरण बन्नेछ । नयाँ विद्येयकमा बीमा समितिका अध्यक्ष र सञ्चालकले निरन्तरता पाउनेछन् । यसअघि उक्त विद्येयक पारित भएपछि हालका अध्यक्ष र सञ्चालकले निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा विवाद भएको थियो ।

नयाँ विद्येयकमा प्राधिकरणले बीमा कम्पनीको पुँजी घटाउन आदेश दिन सक्ने तथा तोकिएअनुसार चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकको लाइसेन्स निलम्बन गर्ने अधिकार समेत प्राधिकरणलाई दिइएको छ ।  बीमा कम्पनी समस्याग्रस्त परेको देखिएमा र बीमाको पोर्टफोलियो मध्ये कुनै प्रकारको बीमाको इजाजत खारेज भएमा चुक्ता पुँजी घटाउन प्राधिकरणले आदेश दिन सक्नेछ । विद्येयकको दफा ३८ मा ‘बीमकको न्यूनतम चुक्ता पुँजी प्राधिकरणले समय समयमा निर्धारित गरे बमोजिम हुनेछ’ भनिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।