बीमाको पहुँचमा ४१ प्रतिशत जनसंख्या, सरकारी लक्ष्यभन्दा धेरै


बीमाको पहुँच तथा दायरा क्रमिक रुपमा बढ्दै गएको छ ।

हालसम्म कुल जनसंख्याको ४१ प्रतिशतभन्दा बढी नागरिकमा बीमाको पहुँच पुगेको छ ।

कुल जनसंख्या ३ करोड ३ लाख १२ हजार ४९२ लाई आधार मान्दा कुल जनसंख्याको ४१ प्रतिशतभन्दा बढी नागरिकमा बीमाको पहुँच पुगेको हो । म्यादी, लघु र वैदेशिक रोजगार बीमालेख समेत गरी बीमाको पहुँच ४१ प्रतिशत नाघेको समितिले जनाएको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार सरकारी योजना, समिति, बीमा कम्पनी तथा सम्बद्ध पक्षको प्रयासमा बीमाको पहुँच वृद्धि भएको हो । समितिका अनुसार यसमा म्यादी, लघु र वैदेशिक रोजगार बीमालेख समेत गरी बीमाको पहुँच ४१ प्रतिशत नाघेको हो ।

सरकारले गत आर्थिक वर्षमा एक तिहाई जनतालाई बीमाको दायरामा ल्याउने लक्ष्य राखेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा लक्ष्यभन्दा पनि बढी प्रगति भएको समितिको दाबी छ । बीमा समितिबाट भएका नीतिगत एवम् कानूनी सुधारबाट आगामी दिनमा बीमाको दायरा अझै बढ्ने अपेक्षा समितिले गरेको छ ।

दायरा तथा पहुँच बिस्तारसँगै बीमा व्यवसाय विकसित, व्यवस्थित, अनुशासित र विस्तारित हुँदै गएको बीमा समितिको भनाई छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।