“मुक्तिनाथ उत्कृष्ट मुद्धती” खातामा साढे २२ लाखसम्मको बीमा सुविधा


मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ ।

सेवाग्रहीको हीतलाई ध्यानमा निक्षेपकर्ताहरुलाई आर्षक व्याज दिने उद्धेश्य सहित योजना सुरु गरिएको बैंकले जनाएको छ ।

योजना अन्तर्गत व्यतिmगत मुद्धती खातामा न्यूनतम ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने खातावालहरुले आफनो लागि १० लाख सम्मको दुर्घटना बीमा, २ लाखको घातक रोग बीमा र ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एक सदस्यको समेत १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् । योजनामा ग्राहकहरुले १ बर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्ने छन् भने सोही अवधिका लागि बीमा सेवा उपलब्ध हुनेछ ।

मुद्धती निक्षेपमा १२ प्रतिशत व्याजदर पाइनेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।