माछापुच्छ्रे बैंकको अत्याधुनिक प्रविधिमा आधारित एम स्मार्ट बचत खाता


माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर बैंकको मोबाईल बैंकिंग एप्स एम स्मार्टबाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सकिनेछ ।

बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकसम्म आउनु नपर्ने गरि मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा कर्जा प्राप्त गर्ने सुविधा सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्ने गरि आफ्ना सेवा सुविधाहरुलाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको छ ।

साथै बैंकको मोवाईल बैंकिङ्ग एपबाट आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले आफैं रजिष्ट्रशन गर्न सक्ने, मोबाईल फोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने छ । त्यसैगरी आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधा एपमा छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।