कुमारी बैंक र रुपन्देहीको श्री कृष्ण पोलीक्लिनिकबीच सम्झौता


कुमारी बैंक र रुपन्देहीको खैरेनी, देवदहस्थित श्री कृष्ण पोलीक्लिनिक छुट सम्झौता भएको छ । श्री कृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा बैंकका सेवाग्राहीहरुले ३ देखि १० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।

कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट गर्दा ओपिडिी शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया तथा ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कहरूमा ३ देखि ५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।