लक्ष्मी बैंकले खुल्ला गल्फ प्रतियोगिता आयोजना गर्ने


लक्ष्मी बैंकले आगामी शनिबार ‘लक्ष्मी बैंक खुल्ला गल्फ २०१९’ आयोजना गने भएको छ । बैंकले ग्लेनिगलमा डिजाइन गरीएको गोकर्ण गल्फ क्लबमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बैंकले सन् २०१४ देखी आयोजना गर्दै आएको वार्षिक प्रतियोगिताको छटौँ संस्करण नेपालको प्रमुख एमेच्योर गल्फ प्रतियोगिता हुन पुगेको बैंकले जनाएको छ ।

यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३ र ४ ह्यान्डि क्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता ९६० तथा सोभन्दा माथि० सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिने बैंकले जनाएको छ ।

यस बाहेक, १०औं होलमा होल इन वन बनाउने खेलाडीहरुलाई हुन्डाई कोना गाडी प्रदान गरिने बताइएको छ ।