कञ्चन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारीको कार्यकाल दोहोरियो


कञ्चन डेभलपमेण्ट बैंकले प्रमुख कार्यकारी अधिकृतमा बिरुराम जैशीलाई नियुक्त गरेको छ ।

बैंक सञ्चालक समितिले जैशीलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

जैशीले अबको चार वर्ष बैंकमा प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गर्ने छन् । पहिलो कार्यकाल समेत गरी जैशीको ८ वर्षे कार्यकाल हुनेछ ।