मधेश प्रदेशमा शाखा कार्यालय विस्तारै गर्दै बीमा प्राधिकरण


नेपाल बीमा प्राधिकरणले मधेश प्रदेशमा पनि आफनो शाखा कार्यालय विस्तार गर्ने भएको छ । नयाँ बीमा ऐन बमोजिम मुलुकको सात वटै प्रदेशमा शाखा कार्यालय विस्तार गर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणले सोमबार (भोलि) एक कार्यक्रमका बीच शाखा कार्यलयको उद्घाटन गर्ने जनाएको छ । प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको उपस्थितिमा औपचारिक रुपमा शाखा कार्यालयको उद्घाटन गरिने भएको छ । मधेश प्रदेशको कार्यालयको रुपमा वीरगञ्जमा शाखा कार्यालय स्थापना गरिन लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि कर्णाली प्रदेशको राजधानी सुर्खेत र सुदुरपश्चिमको धनगढीमा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।