म्याग्दीका महिलाको सशक्तिकरमा महालक्ष्मी लाईफको अभियान


महालक्ष्मी लाईफ इन्स्योरेन्सले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका ६ घारमा महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । पुस ७ गते सम्पन्न सो कार्यक्रम अन्नपूर्ण गाँउपालिका ६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयनमा संचालन भएको थियो ।

कार्यक्रममा स्थानिय स्वयमसेविका, आमा समूह र महिला जनप्रतिनिधि समेत ३७ जनाको सहभागिता रहेको थियो ।

अन्नपूर्ण गाँउ पालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले महिलाहरूलाई जागरूक र सुसुचित बनाउने यस्ता कार्यक्रमले स्वरोजगार हुन तथा आय आर्जन गर्न प्रेरित गर्ने बताएकी थिइन् ।

दुरविन डाडा कृषक समूहका सरिता बरूवाल खड्काले संचालन गरेको कार्यक्रममा मिलन म्याग्दी संस्थाका कार्यकारी निर्देशक दिलमाया बिटालु क्षेत्रिले महालक्ष्मी लाईफले महिला उत्थानको लागि गरेको सशक्तिकरण कार्यक्रम एकदमै प्रशंसनिय रहेको बताइन् ।

सर्वोत्तम पिठो उत्पादन समूहका सचिव शुशिला कार्कि र मालिका कृषक समूहका अध्यक्ष सपना बरुवालले समाजमा महिलाहरूलाई आत्मनिर्भर हुन यस्ता कार्यक्रम एकदम प्रभावकारी हुने धारणा राखे ।

महालक्ष्मी लाईफ धवलागिरी प्रमुख जमुना आचार्यले सहभागीहरूलाई बीमाको माध्यमबाट कसरी स्वरोजगार भई आर्थिक रूपमा सक्षम हुने बारेमा तालिम दिएकी थिइन् । आचार्यले निकट भविष्यमा सरकारी, गैरसरकारी निकाय संगको सहकार्यमा ग्रमिण क्षेत्रका महिलाहरूलाई रोजगार र आवश्यक अन्य तालिम पनि प्रदान गर्ने जानकारी गराइन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।