सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, यो वर्षकै उच्च भाउ कायम


आइतबार प्रतितोला सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । योसँगै सुनको भाउ यो वर्षको उच्च बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला छापावाल सुनको मूल्य १ लाख ३ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ ।
गत बिहीबार १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार ८०० रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार आइतबार प्रतितोला चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार २० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।