नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण


नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिएको छ । इन्स्योरेन्सले पुस २३ गते काठमाडौंको आर्मी अफिर्सर क्लबमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षणमा अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रममा देशभरबाट ८०० जना भन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु सहभागि भएको इन्स्योरेन्सद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रशिक्षण कार्यक्रममा अभिकर्ताहरुलाई स्वागत गर्दै उनीहरुको सिकाईमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । प्रशिक्षणले अभिकर्ताहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने पराजुलीको भनाई थियो ।

कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिन भारतको मुम्बईबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी १ खर्ब ४९ अर्ब ७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोड रुपैयाँको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ जना प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले१ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सबै सेवा उपलब्ध गराइरहेको विज्ञप्तिमा उल्लेख छ । यसका साथै कम्पनीले हालसम्म १ खर्ब ९७ अर्ब १८ करोड रुपैया बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गगरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।