एलिट क्यापिटलको सञ्चालक समिति सर्वसम्मत


एलिट क्यापिटल लिमिटेडको नयाँ संचालक समिती निर्बिरोध चयन गरिएको छ ।

शुक्रबार सम्पन्न प्रथम साधारणसभाले संचालक समितिमा अध्यक्ष दिनेश आचार्य , संचालकहरु बोध प्रसाद त्रिपाठी, राजन लम्साल र कुमार पौडेललाई सर्वसम्मत गरेको हो ।

गत बर्ष स्थापना भएको सो सस्था सेयर बजारका सकृय लगानिकर्ताहरुको सहकार्यमा गैरआवासिय नेपालीहरुको लगानीमा संचालित छ ।

मर्चेन्ट बैकरको रुपमा कारोबार शुरु गर्ने तयारी गरिरहेको सो क्यापिटललाई नेपाल धितोपत्र बोर्डले संचालनका लागि सैधान्तिक सहमती (एलओआई) दिइसकेको छ ।

सो क्यापिटलले लगानी ब्यवस्थापन, कर्पोरेट एडभाईजरी, अन्डरराईटिङ र डिपी खाता संचालन सेवा प्रदान गर्ने तयारी गरिरहेको छ ।

बाणिज्य बैंकहरुको मर्जरका कारण पछिल्लो समय आधा दर्जन बढी मर्चेन्ट बैंकर घटिसकेको छ । सिभिल क्यापिटल, सेन्चुरी क्यापिटल, एनबी क्यापिटल, बिओके क्यापिटल, जनता क्यापिटल, समृद्दी क्यापिटल, कृति क्यापिटल र मेगा क्यापिटल मर्जर भएर खारेजीमा गैसकेका छन ।

मर्चेन्ट बैंकरको सङ्ख्या घटिरहेको बेला सेयर बजारका लगानीकर्ताहरुको पहलमा स्थापित यस सस्थाले बजारमा योगदान दिने अपेक्षा गरिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।