इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो, धनगढी सेक्टरको सबैभन्दा धेरै घटाइयो


इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाउने निर्णय गरेको हो । संघका अनुसार नयाँ भाडादर पुस २७ गतेदेखि लागू हुनेछ ।

संघको निर्णय अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै अर्थात ८८५ रुपैयाँले भाडा घटेको छ । योसँगै उक्त रुटको भाडा १६ हजार १४० कायम भएको छ ।

काठमाण्डौं सुर्खेत सेक्टरको हवाई भाडा ६९० रुपैयाँले घटेको छ भने काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुपैयाँले घटेको छ । काठमाण्डौं नेपालगञ्ज सेक्टरको ६५५ रुपैयाँले भाडा घटेको छ भने काठमाडौँ भद्रपुरको ६०० रुपैयाँले घटेको छ ।

काठमाण्डौं बिराटनगरको ४८५, राजबिराजको ४११, भैरहवाको ४१०, तुम्लिङटारको ३७० र पोखराको ३२० रुपैयाँले भाडा घटेको छ । भरतपुरको २१५ र सिमरा सेक्टरको हवाई भाडा १८० रुपैयाँले घटेको छ ।

उल्लेखित दरमा भाडा घटेसँगै विभिन्न गन्तव्यको नयाँ हवाई भाडा निम्न अनुसार भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।