डिजी पेमा आबद्ध व्यवसायीलाई सुपथ मूल्यमा डिजिटल मार्केटिंङ सेवा


डिजी पेमा आबद्ध व्यवसायीले सस्तो मूल्यमा डिजिटल मोर्कटिङ सम्बन्धि सेवा पाउने भएका छन् । यस सम्बन्धमा डिजी पे प्रा.लि. र ट्वान्टी फर्स्ट टेक प्रा.लि. बीच सहकार्य गर्ने सम्झौता भएको छ ।

डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत बानेश्वर स्थित सामाजिक संजालको डिजिटल मार्केटिङ तथा वेबसाइट र एप निर्माता उक्त संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको हो ।

सम्झौतापत्रमा ट्वान्टी फर्स्ट टेक प्रा.लि. का प्रमुख कार्यकारी निलिमा दाहाल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस सहकार्य अन्तर्गत डिजी पेले ल्याएको व्यावसाय आबद्ध योजना अन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यावसायीहरुले डिजिटल मार्केटिङद्वारा आफ्नो बजार विस्तार गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । ट्वान्टी फर्स्ट टेक प्रा लि को सौजन्यमा ३० हजार रुपैयाँ पर्ने प्रिमियम प्याकेज १५ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

व्यावसायिक आवश्यकता अनुसारका वेबसाइट र एप तथा अन्य विभिन्न सेवाहरु ५० प्रतिशतसम्मको छुटमा बनाउन सक्ने कम्पनीले जनाएको छ ।

ट्वान्टी फर्स्ट टेक प्रा.लि. का प्रमुख कार्यकारी निलिमा दाहालका अनुसार यस सहकार्यले डिजी पे मा आबद्ध सबै व्यवसायीलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ हुने बताइन् ।

त्यस्तै डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले ट्वान्टी फर्स्ट टेकसँग सहकार्य गरि आफ्ना व्यवसायीलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण भएको बताए । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत डिजिटल मार्केटिङलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि हो ।

यसै गरि अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाई थप अफर तथा सुबिधाहरु दिने योजना रहेको उनले बताए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।