सिएनआई कोशी एक्स्पोलाई सघाउन अर्थमन्त्री पौडेलसँग आग्रह


बिराटनगरमा आयोजना हुन लागेको अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी सिएनआई कोशी एक्स्पोलाई भव्य रुपमा सफल बनाउन आयोजकले अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरेको छ ।

बिहीबार सिंहदरबास्थित अर्थमन्त्रालयमा सिएनआई प्रदेश एकका अध्यक्ष भीम घिमिरे तथा सदस्यहरु गिरिजा सारडा र राजेन्द्र राठीले अर्थमन्त्रीसँग यस्तो आग्रह गरेका हुन् । उक्त भेटमा भएको समसामयिक छलफलमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल पनि सहभागि थिए ।

उद्योग परिसंघ प्रदेश नं १ ले आगामी माघ १९ गतेदेखि आयोजना हुन लागेको एक्स्पोका सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चलायमान बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियो । अर्थतन्त्र चलायमान बनाउन आयोजना गरिएको एक्स्पोलाई सधाउन प्रतिनिधिमण्डलले मन्त्री पौडेलसँग आग्रह गरेको थियो ।

नेपालका उद्योगी ब्यवसायीले भोगिरहेका समस्या चुनौतिहरुका सन्दर्भमा प्रतिनिधि मण्डलले छलफल समेत गरेको थियो ।

एक्स्पोसँग सहकार्य र सहयोग तथा सहभागिताका लागी अर्थ सचिब तोयम राय, राजश्व सचिब डा. राम प्रसाद घिमिरे , कृषि सचिब डा. गोबिन्द प्रसाद शर्मा, डा. दिपक कुमार खराल, उद्योग बाणिज्य सचिब डा. तोया नारायण ज्ञावली, मधु कुमार मरासीनी, संस्कृति पर्यटन तथा नागरिक उड्यन सचिब सुरेश अधिकारी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र पदाधिकारीका साथै मन्त्रालयका अन्य अधिकारीहरुसँग पनि भेट तथा छलफल गरिएको परिसंघले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।