दुग्ध विकास संस्थानमा १२३ जनालाई जागिर खुल्यो


दुग्ध विकास संस्थानले विभिन्न पदका लागि कर्मचारीको माग गर्दै सूचना निकालेको छ । संस्थानले विभिन्न पदमा १२३ जना कर्मचारी मागेको हो ।

संस्थानले सहायक स्तरमा ९० जना र अधिकृतस्तरमा ३३ जना कर्मचारी माग गरेको हो ।

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानले जनाएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले मंसिर १९ गतेभित्र आवेदन दिनु पर्ने हुन्छ ।