महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा २ करोड माथि

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा २ करोड १४ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। सञ्चालनको छोटो समयमा नै कम्पनीले यो नाफा आर्जन गरेको हो।

यस अवधिमा इन्स्योरेन्सले १० करोड ३६ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेर एक लाख ९९ हजार खुद दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट आम्दानी गरेको छैन भने लगानी कर्जा तथा अन्य आयबाट ६८ लाख ७६ हजार र ७२ करोड २३ लाख बीमालेख धितोमा कर्जा दिएर सो बाट ११ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३ करोड २४ लाख रुपैया, बीमा कोषमा ३१ करोड ११ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ लाख ६ हजार रुपैयाँ सञ्चित छ । बीमा समितिले तोकेको पूँजी कायम गर्न २४० कम्पनीले ६० करोडको आईपीओ जारी गर्नेछ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १३ पैसा हुन आउँछ । यद्यपी कम्पनी सूचीकृत हुन बाँकी छ।

इन्स्योरेन्सले यस अवधि सम्ममा ४ हजार २९१ बीमालेख जारी गरि ३५ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस त्रैमासको कूल बीमा शुल्क भने १० करोड ५८ लाख छ। कम्पनीले यसअवधिमा कुनै पनि दाबी वापत भुक्तानी गरेको छैन भने भुक्तानी हुन बाँकी रकम पनि शून्य छ।