सीएनआई कोशी एक्स्पो सुरु, व्यवसायिक वाताबरण बनाउन जोड


नेपाल उद्योग परिसंघ १ नम्बर प्रदेशले पहिलो पटक आयोजना गरेको कृषि तथा औद्योगिक प्रदर्शनीको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

सीएनआई कोशी एक्स्पोको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले उद्योग व्यवसाय क्षेत्रमा देखिएका अफ्टेरो फुकाउन सरकारले पहल गर्ने बताएका छन् । बिहीबार एक कार्यक्रमका बिच एक्स्पोको उद्घाट गर्दै ओलीले नयाँ सरकार गठनसँगै अर्थतन्त्रले सुधारको गति लिएको दाबी गरेका थिए ।

संगठनभन्दा काममा प्रतिस्पर्धा गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दै ओलीले विराटनगर राजनीतिक रुपमा जागरुक थलो भएको भन्दै आर्थिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रका समस्यालाई तीन तहका सरकार मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका थिए । उद्योग व्यवसाय बिस्तारका लागि औद्योगिक प्रदर्शनीहरुले प्रोत्साहन गरेको बताएका कार्कीले मुख्यमन्त्री कार्कीले यस्ता एक्स्पोलाई निरन्तरता दिनुपर्ने बताए ।

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले विलासिताका वस्तुहरुको आयातलाई यिन्त्रण गर्दै व्यापार घाटा न्युनीकरणमा लागेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले एक्स्पोले उद्योग र उद्योगीहरुको मनोबल बलियो बनाउन सघाउने बताए । उद्योगीहरु कठिन अवस्थाबाट गुज्रनु परिरहेको भन्न्दै उनले बजारको सतुलन बिग्रदो अवस्थामा रहेकोतर्फ चिन्ता व्यक्त गरेका थिए ।

सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पहिलो पटक आयोजना गरिएको एक्स्पोले १ नम्बर प्रदेशको आर्थिक कृयाकलाप चलायमान बनाउन सघाउने अपेक्षा गरेका थिए ।

१० दिनसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न विधा तथा क्षेत्रका गरी ४०० प्रदर्शकहरु सहभागि छन् । उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तु लगायतका स्टल अवलोकनकर्ताका लागि आकर्षणको रुपमा रहने सीएनआईको भनाई छ ।

एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरुबाट पनि उद्योगी व्यवसायीले सहभागिता जनाएका छन् ।

एक्स्पोलाई रोचक र ज्ञानबर्दक बनाउने उदेश्यले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि ‘प्लानेटेरियम’ स्थापना गरिएको छ ।

एक्स्पो अवधिभर विविध मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि सञ्चालन हुनेछ । माघ २८ गतेसम्म सञ्चालनन हुने एक्स्पोलाई रमपम तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ । प्रायोजकहरुमा के.एल. दुगड र म्याजिक जुत्ताचप्पल, सह–प्रायोजकहरुमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स्, चौधरी ग्रुप (सीजी), क्वालिटी बिस्कुट, रुस्लान र क्लिन कन्कृट नेपाल छन् । त्यस्तै बैंक पार्टनर सिद्धार्थ बैंक, इन्स्योरेन्स पार्टनरमा हिमालय एभरेष्ट इन्स्योरेन्स, हेल्थ पार्टनर विराट मेडिकल कलेज तथा रिसर्च सेन्टर रहेका छन् ।

एक्स्पोलाई मोरंग व्यापार संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल अटोमोबाइल्स एशोसिएसन, हिसान, प्याब्सन, नेपाल नर्सिङ संघ, विराटनगर नसिङ कलेज, मेडिकल एशोसिएसन कोशी, इलेक्ट्रिक्स संघ, सीएनआईवाईएफले सहयोग गरेका छन् ।

नेपाल सरकारका कृषि, उद्योग, पर्यटनसँग सम्बन्धित मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नं। प्रदेश सरकारअन्तरगत उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायत विराटनगर महानगरपालिकासहित रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका मोरङले पनि एक्स्पोलाई सहयोग गरेका छन् ।

एक्स्पोको इभेण्ट पार्टनरमा इभेण्ट सोलुसन प्रालि रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।