कान्तिपुर टेलिभिजनले प्रिमियममा साढे ७ लाख कित्ता आइपीओ जारी गर्ने


कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले प्रिमियम मूल्यमा साढे ७ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ ।

आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्न चैत १७ गते विशेष साधारण सभा आह्वान गरेको छ।

कम्पनीको चैत १ गते बुधबार बसेको संञ्चालक समितिको बैठकले काठमाण्डौं तिनकुनेमा रहेको कम्पनी रजिष्टर्ड कार्यालयमा चैत १७ गते दिउँसो १ बजे सभा बोलाएको छ ।

सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावलाई स्वकृति प्रदान गर्नुका साथै आर्थिक वर्ष २०७८\७९ को संचित मुनाफाबाट शेयरधनीहरुलाई बोनस जारी गर्न पनि स्वकृति प्रदान गर्ने छ ।

कम्पनीले सर्वसाधारणलाई साढे सात लाख कित्ता आईपीओ बिक्री गर्ने जनाएको छ । जसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।