गरिमा विकास बैंकले बोलायो साधारण सभा, मर्जर तथा एक्वीजिशनको बाटो खुल्ला राख्ने


गरिमा विकास बैंकले मर्जर तथा विलय प्रृयाका लागि बाटो खुल्ला राख्ने भएको छ ।

साधारणसभा आह्वान गर्दै बैंकले सञ्चालक समितिलाई मर्जर प्रकृयाको काममा अधिकार दिने प्रस्ताव स्वीकृत गराउन खाजेको हो ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले मंसिर २७ गते १३ औं वार्षिक साधारणसभा गर्ने मिति तय गरेको छ । १६ दशमलव १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांस पनि साधारण सभाले अनुमोदन गर्दैछ ।

२ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १६.१५ प्रतिशत बोनस बितरण पश्चात चुक्ता पूँजी ३ अर्ब २३ करोड रुपैयाँ पग्नेछ ।

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १३ देखि २७ गतेसम्म बुक क्लोज गर्नेछ । मंसिर १२ गतेसम्म शेयर खरिद गर्नेले मात्र बैंकले प्रस्ताव गरेको लाभांस पाउने छन् ।