अन्तर्राष्ट्रिय वित्त निगमलाई नेपाली रुपैयाँमा ऋणपत्र जारी गर्न स्वीकृति


सरकारले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लाई नेपाली रुपैयाँमा ऋणपत्र जारी गर्न स्वीकृति दिएको छ ।

मन्त्रीपरिषदको बैठकले निगमलाई नेपाली रुपैंयामा ऋणपत्र निष्काशन गर्न स्वीकृति दिएको हो ।

बिहीबार मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना, सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आइएफसीलाई सरकारले नेपाली रुपैंयामा ऋणपत्र निष्काशन गर्न अनुमति दिने निर्णय गरेको बताए ।

अर्थमन्त्रालयले तोकिएको शर्तमा २० मिलियन अमेरिकी डलर (२ अर्ब रुपेयाँ) बराबरको ऋणपत्र जारी अनुमति दिने निर्णय भएको उनले बताए ।

सरकारले पूर्वाधार र प्राथमिकताका क्षेत्रमा लगानी गर्ने विदेशी वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने व्यवस्था गरेको थियो ।

सरकारले यस्तो व्यवस्था गरे पछि आएफसी ऋणपत्र निष्काशनको अनुमति माग्दै राष्ट्र बैंक पुगेको थियो ।